प्राइम कमर्सियल बैंकको स्वामित्वमा रहेको नेरुडे लघुवित्तको करिब ५३ हजार कित्ता संस्थापक शेयरको आजदेखि लिलामी खुलेको छ । 
बैंकले लघुवित्तको ५२ हजार ७५० कित्ता संस्थापक शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । लघुवित्तले लिलामी शेयरको न्यूनतम मूल्य प्रतिशेयर ३०० रुपैयाँ तोकिएको छ ।
इच्छुक लगानीकर्ताले पुस १६ गते देखि २३ गते दिउँसो ३ बजेसम्म गोप्य बोलपत्र शिलबन्दी बोलपत्र पेश गर्न सकिने छ ।
बोलपत्र आवेदन फारम सनराइज क्यापिटल कमलपोखरी काठमाण्डौ, बैंकको शाखा कार्यलयहरु बिर्तामोड झापा , वीरगञ्ज पर्सा, भरतपूर चितवन तथा नेपालगञ्ज बाँकेबाट लिन सकिन्छ ।
प्राप्त शिलबन्दी बोलपत्र पुस २६ गते आइतबार दिउँसो १ बजे खुला गरिने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया