काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य दिनप्रतिदिन बढिरहेको छ । आज (मंगलबार) तोलामा ३ हजार ९०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुनको मूल्य २ लाख २१ हजार ७०० रुपैयाँमा कायम भएको छ । सोमबार प्रतितोला सुनको मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी, मंगलबार चाँदी तोलामा ३० रुपैयाँले बढेसँगै रेकर्ड कायम भएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ६८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार प्रतितोला चाँदी २ हजार ६५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ७४४.३ अमेरिकी डलर र चाँदी ४३.९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया