सुन शुक्रबार प्रतितोला चार सय रुपैयाँले बढ्यो

0
Shares

सुनको मूल्य शुक्रबार नेपाली बजारमा प्रतितोला ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ४०० रुपैयाँले बढेपनि चाँदी भने बिहीबार कारोबार भएकै मूल्यमा कारोबार भइरहेको छ ।

संघले शुक्रबार छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँ, तेजावी सुको भाउ प्रतितोला ९४ हजार रुपैयाँ तोकेको छ । यस्तै चाँदीको भाउ तोलाको १ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार छापावाला सुन तोलामा ९४ हजार १०० रुपैयाँ र तेजावी ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी तोलाको १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ पुस २०७७, शुक्रबार  ११ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।