साञ्जेन जलविधुत कम्पनीको साधारण सभा पुस २४ गते

0
Shares

साञ्जेन जलविधुत कम्पनीले १० औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको मंसिर २६ गते सम्पन्न २०८ औं सञ्चालक समितिको बैठकले पुस २४ गते चिलिमे जलविधुत कम्पनीको रजिष्ट्र्डको कार्यालय धुम्वाराहीमा सभा डाकेको हो ।

कम्पनीका अनुसार कोरोना महामारीका कारण सभा भर्चुअल माध्याबाट बिहान ११ बजे सञ्चालन गरिने छ ।

सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ अषाढ मसान्त सम्मको वासलात र आ.व. २०७६÷०७७ को नाफा नोक्सान हिसाब, नगद प्रवाह वितरण, इक्वीटीमा भएको परिवर्तनको विवरण लगायतका अनुसूचीहरुको उपर छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।

कम्पनीका अनुसार गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट कम्पनीले शेयरधनीलाई कुनैपनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन। आयोजना निर्माणाधिन अवस्थामा नै रहेकाले सभामा लाभांश वितरण गर्नसक्ने अवस्था छैन ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस १७ गतेदेखि २४ गतेसम्म शेयर राखिला खारेज बन्द मिति तोकेको छ । त्यसअनुसार पुस १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरु मात्र सभामा सहभागि बन्न पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ पुस २०७७, शुक्रबार  १२ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।