सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा इलामको पञ्चमी बजार र काठमाडौंको चोभारमा विस्तार
सिटिजन्स बैंकले इलामको चिसोपानी, पञ्चमी बजार र काठमाडौंको चोभारमा शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ यहि पौष १५ गतेबाट १०५ र १०६ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको जनाएको छ ।
उक्त स्थानहरुमा सेवा संचालनका लागि क्रमश स्थानीय व्यवसायी राममाया सम्बाम्फे र सुरेन्द्र केसीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।
यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया