घलेम्दी हाईड्रोको ५ औँ र ६ औँ साधारण सभा माघ १५ गते

0
Shares

घलेम्दी हाईड्रोपावर कम्पनी (GHL) ले माघ १५ गते एकैदिन दुई आर्थिक वर्षको साधारण सभा डाकेको छ ।

घलेम्दीको पुस १७ गते बसेको सञ्ंचालक समितिको निर्णयले संस्थाको ५ औँ र ६ औँ सभा माघ १५ गते आह्वान गरेको हो । सभा होटल मुनलाईट पक्नाजोल काठमाण्डौमा बिहान ११ बजे बस्ने भएको छ ।

सभामा समुह ‘ख’ अर्थात र्विसाधरण शेयरधनीको प्रतिनिधित्व गर्ने २ जना सञ्चालक समितिको नियुक्ती गर्ने र कोरोना भाइरस संक्रमणको महामारीलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने छ ।

५ औँ र ६ औँ साधारण सभा प्रयाजनका लागि हाईड्रोले माघ ५ गते शेयर दाखिला खारेज बन्द गर्नेछ । तसर्थ माघ ४ गते आइतबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनी मात्र साधारण सभामा उपस्थित जनाउन पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।