मजदुरको नाममा फर्म दर्तागरी ६५ करोड २८ लाख राजश्व चुहावट

0
Shares

राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट विल प्रयोग गरी राजस्व छलि गर्ने १० जना विरुद्ध ६५ करोड २८ लाख विगो मागदावी लिई मुद्दा दायर गरेको छ।

विभागले सर्लाही जिल्ला धनकौल गाउँपालिका वडा नं. -६ वस्ने मुख्य कारोवारी व्यक्ति प्रदिप साह समेत १० जनाबाट ६५ करोड २८ लाख ५२ हजार ३८२ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

शाहले आर.के.एम. ट्रेडिङ्ग प्रा.लि. लगायत विभिन्न १३ वटा फर्महरु कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिको नाममा दर्ता गरि उक्त सवै फर्मको बैक खाता संचालनगरी विभिन्न फर्महरुको नाममा झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरेको आयोगले जनाएको छ ।

मजदुरहरुको नाममा दर्ता भएका फर्मबाट आर्थिक वर्ष ७३।०७४ देखि ०७५।०७६ सम्म २२ करोड ४९ लाख ६९ हजार ८०१ रुपैयाँ भ्याट, ३७ करोड ५८ लाख ३६ हजार ८८९ रुपैयाँ आयकर तथा ५ करोड २० लाख ४५ हजार ६९२ रुपैयाँ लाभांश करगरी ६५ करोड २८ लाख ५२ हजार ३८२ रुपैयाँ राजश्व चुवाहट भएको राजश्वको ठहर छ ।

आयोगले उक्त फर्महरुको मुख्य कारोवारी प्रदिप साह समेत विभिन्न १३ वटा फर्मका संचालक तथा प्रोप्राईटहरु समेत १० जनाबाट ६५ करोड २८ लाख ५२ हजार ३८२ रुपैयाँ असुल उपर गरी जरिवाना र कैद सजाय हुन माग दावी लिई उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।