शिखर इन्स्योरेन्सले घोषणा गर्यो गत आवको लाभांश

0
Shares

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाइ वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले २७.७६९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि १.४६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले गत वर्ष जारी गरेको हकप्रद शेयरपश्चात कायम चुक्ता पूँजी १ अर्ब ३७ करोड रुपैयाँको आधारमा लाभांश प्रस्ताव गरेको जनाएको छ । २०७७ असार मसान्तसम्म इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ थियो। सो पूँजी अनुसार इन्स्योन्सले ३६.१ प्रतिशत बोनस र १.९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ पुस २०७७, मंगलबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।