सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढ्यो

0
Shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ११ सय रुपैयाँ र चाँदी १० रुपैयाले बढेको हो ।

महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँ , तेजावी ९५ हजार ९ सय रुपैयाँ र चाँदी तोलामा १ हजार ३३५ रुपैयाँ तोकिएको छ।

सोमबार छापावाला सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँ , तेजावी ९४ हजार ८ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार स्थीर रहेको सुनको मूल्य सोमबार र मंगलबार बढेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ पुस २०७७, मंगलबार  ११ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।