नेपाल सुनचाँदी व्यवसायी महासंघको नयाँ नेतृत्व चयनका लागि अधिवेशन आह्वान

0
Shares

नेपाल सुनचाँदी व्यवसायी महासंघले नयाँ नेतृत्व चयनका लागि पुस २४ र २५ गते शुक्रबार र शनिबार काठमाडौंमा सातौँ र आठौँ साधारण सभा आह्वान गरेको छ ।

उक्त साधारण सभाले महासंघको ५५ सदस्यीय नयाँ कार्य समिति चयन गर्नेछ । पुस २४ शुक्रबार काठमाडौंको होटल याक एण्ड यतिमा उद्घाटन सत्र र २५ गते शनिबार बन्द सत्र तथा निर्वाचनको कार्यक्रम तय गरिएको छ ।

साधारण सभाको उद्घाटन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्ने कार्यक्रम रहेको छ । कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनुरुप कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ ।

महासंघले साधारणसभा एबं तेस्रो महाअधिवेशनमा देशभरका ६५ जिल्लानगर संघ तथा वस्तुगत र एसोसिएटगरी ६०० भन्दा बढी प्रतिनिधि र पर्यवेक्षकहरुले सहभागिता जनाउने महासंघले जनाएको छ ।

महासंघले संघीय संरचनालाई आत्मसात् गर्दै यसअघि नै सात वटै प्रदेशमा प्रदेश महासंघहरुको निर्वाचन अग्रिम रुपमा सम्पन्न गरिसकेको छ ।

साधारणसभामा कोरोना महामारीका कारण र नेपाल सरकारबाट सुनको कोटालाई २० किलोबाट १० किलोमा झारी आधा कटौती गरेपछि अत्यधिक रुपमा प्रभावित बनेको सुनचाँदी व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउन साझा अजेन्डाका लागि गम्भीर छलफल हुने जनाइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ पुस २०७७, बुधबार  १४ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।