रिजर्भ बैंक इण्डिया (आरबीआइ) ले बजाज फाइनान्सलाई २ करोड ५० लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।
फाइनान्सले केन्द्रीय बैंकको निर्देशन पालना नगरेको तथा ऋणीलाइ असुली ऐजेन्ट मार्फत धम्की दिई कर्जा असुल गरेको आरोपमा उक्त जरिवाना लगाएको हो ।
फाइनान्सले कर्जा असुली प्रक्रियामा आरबीआईले दिएका विभिन्न निर्देशनहरुको उल्लगन गरेको आरबीआईले जनाएको छ । फाइनान्सले फेयर प्रक्टिसेस कोडको पूर्ण पालनाका लागि दिएको विशेष निर्देशन समेत उल्लङ्घन गरेको आरबीआईले जनाएको छ ।
केन्न्द्रीय बैंकका अनुसार फाइनान्सलाई कारबाही गरिनुको कारणमा रिकभरि एजेन्ट्स मार्फत ग्राहकबाट कर्जा असुलिको प्रयास गरेको छ । एजेन्टले ग्राहकलाई कर्जा असुली गर्ने क्रममा धम्की दिने गरेपछि कारबाही गरेको आरबीआईले जनाएको छ । आरबीआईमा फाइनान्सको कर्जा असुली प्रक्रियाको विषयमा बारम्बार उजुरी समेत आउने गरेको थियो । बैंकमा आएका उजुरीका आधारमा धम्की दिई कर्जा असुली नगर्न भनेको भएपनि फाइनान्सले उक्त प्रक्रिया जारी राखेपछि कारबाही नै गरेको जनाएको छ ।
कारबाही गर्नु भन्दा अघि बैंकले फाइनान्सलाई कारण देखाउ आदेश समेत दिएको थियो । कारण देखाउ आदेशमा फाइनान्सका तर्फबाट आएको जवाफ चित्त बुझ्दो नभएपछि बैंकले जरिवाना नै लगाएको हो । नियामकले उजुरी पर्ने वित्तीकै कम्पनीहरुलाइ कारबाही गर्ने वा जरीवाना लगाउने गर्दैन । नियामक निकायको पालना गर्ने अबसर दिदाँ पनि नभएपछि कारबाही गर्ने गर्छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया