काठमाडौँ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेल मैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको चोथो दिनसम्म ३४ हजार ८ सय भन्दा बढिले अवलोकन गरेका छन् ।
असोज २९ गते देखि सुरू भएको मेलामा पहिलो दिन ७ हजार २ सय जना, दोस्रो दिन ७ हजार ५ सय, तेस्रो दिन ८ हजार ६ सय जना र चौथो दिन ११ हजार ५ सय गरी आजसम्म ३४ हजार ८ सय भन्दा बढिले मेला अवलोकन गर्नुको साथै चार दिनसम्मको १ करोड तीन लाख भन्दा बढि कारोबार भएको एसोसिएसनले जनाएको छ ।
मेलाको चोथौ दिन शनिबार रहेको हुदा अरु दिनको तुलनामा दर्शकहरुका उपस्थिती उल्लेख्य रहेको थियो । शनिबार दिन बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी बिकास मन्त्रालयका मन्त्री मधुसुदन पौडेलले मेला अबलोकन गरेका थिए ।
साथै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले पनि मेला अवालोकन गरेका थिए । सरकारका विशिष्ठ व्यक्तित्वहरुले पनि मेला अभिरुची पुर्बक मेला अवलोकन गरेका थिए ।
पाँच दिनसम्म चल्ने मेलामा ४० हजार बढीले प्रत्यक्ष अवलोकन तथा एक करोड तीस लाख भन्दा बढीको व्यवसायीक कारोबार हुने आयोजकले अनुमान गरेको छ ।
नजिकै आइरहेको तिहार तथा छट पर्वलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरिएको फ्लोरीकल्चर एसोसिएसन नेपालले जनाएको छ ।










प्रतिक्रिया