तीन दिन लगातार बढेको सुनको मूल्य बिहीबार घट्यो

0
Shares

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ , तेजावी ९४ हजार ९ सय रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँ कायम गरिएको छ । चाँदी तोलाको १० रुपैयाँले घटेको हो ।

बुधबार छापावाला सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ , तेजावी ९६ हजार २ सय रुपैयाँ र चाँदी १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

तीन दिन यता लगातार बढीरहेको सुनचाँदीको मूल्य विहीबार घटेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ पुस २०७७, बिहिबार  ११ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।