दुई वाणिज्य बैंक सहित ९ कम्पनीको साधारण सभा आज, यस्ता छन् मुख्य एजेन्डा

0
Shares

शुक्रबार नौ कम्पनीहरुको साधाराण सभा सम्पन्न हुँदैछ । नेप्सेमा सूचीकृत ४ कम्पनी सहित नौ कम्पनीको सभा सम्पन्न हुन लागेको हो ।

आज स्ट्याण्र्ड चाटर्ड बैंक नेपाल, सनराइज बैंक, आरएसडिसी लघुवित्त, महिला लघुवित्त, इमर्जिङ्ग नेपाल, अपर हेवाखोला हाइड्रोपावर, प्रभु क्यापिटल, सान्जेन जलविद्युत कम्पनी र सुकेखोला हाइड्रोपावर कम्पनीको साधारण सभा हुने भएको हो।

स्ट्याण्र्ड चाटर्ड बैंक नेपालले ३४ औं वार्षिक साधारण सभा सम्पन्न गर्न लागेको हो । साधारण सभामा बैंकले प्रस्ताव गरेको ११.८४ प्रतिशत लाभांश पारित गर्नेछ।
सनराइज बैंकले १३ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ५.८० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित २.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका अन्य प्रस्तावहरु पारित गर्नेछ।

आरएसडिसी लघुवित्तको सातौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ३.६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यस्तै सान्जेन जलविद्युतको दशौँ वार्षिक साधारण सभा चिलिमे जलविद्युत कम्पनीको सभाहल, धुम्बाराही, काठमाडौंमा हुँदैछ । कम्पनीले लाभांशको प्रस्ताव गरेको छैन । त्यसैले, कम्पनीका शेयरधनीहरूको हात खाली हुने भएको छ ।

यसैगरी महिला लघुवित्त, इमर्जिङ्ग नेपाल, अपर हेवाखोला हाइड्रोपावर, प्रभु क्यापिटल, र सुकेखोला हाइड्रोपावर कम्पनीले पनि आजै साधारण सभा सम्पन्न गर्दैछन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ पुस २०७७, शुक्रबार  ११ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।