
तारागाउँ रिजेन्सी होटल (TRH) ले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई दश प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
अन्य दुई होटलहरु सोल्टी र ओरियन्टलले लगानीकर्तालाई लाभांश वितरण नगरी निराश बनाएकोमा उक्त होटलले भने १८ करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको हो ।
पुस २३ गते सम्पन्न होटलको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँको लाभांश कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त होटलको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
अघिल्लो आव २०७५/७६ बाट होटले शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया