पिपुल्स पावरले आईपीओ पारित गर्न माघ १८ गते बोलायो साधारण सभा

0
Shares

पिपुल्स पावर कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव राखेर माघ १८ गते आइतबार साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको पुस २० गते बसेको संचालक समितिको बैठकले पिपुल्स पावर कम्पनीको कार्यालयमा बिहान ११ बजे साधारण सभा डाकेको हो ।  कोरोना भाइरस संक्रमणको जोखिम अझै पनि रहि रहेकाले सभा भर्चुअल माध्यमबाट संचालन गरिने भएको छ ।

सभामा सर्वसाधरणको लागि शेयर निष्काशन गर्ने तथा सो निष्काशनबाट प्राप्त हुने रकम उपयोगको प्रस्ताव अनुमोदन गर्ने लगाएतका प्रस्तावहरु पारित गरिने छ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ ३ गते कम्पनीले बुक क्लोज तोकेको छ ।

पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोला दोस्रोमा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि कूल शेयर लगानीको ३० प्रतिशत प्राथमिक शेयर निष्काशन गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।