चन्द्रागिरीको आईपीओमा पहिलो दिनमै साढे तीन गुणा आवेदन

0
Shares

चन्द्रागिरी हिल्स लिमिटेडले निष्काशन गरेको आईपिओमा पहिलो दिन झण्डै साढे दुई लाखले आवेदन दिएका छन् ।

शुक्रबार दिउँसो ३ः३० बजेसम्ममा कम्पनीको आईपिओमा २ लाख ३१ हजार ८९२ आवेदकबाट ४७ लाख ९६ हजार ७ सय कित्ता शेयरको लागि आवेदन परेको हो । जुन कुल निष्कासन भन्दा ३.४३ गुणा बढी हो ।

कम्पनीले सर्वसाधारणका लागि १३ करोड ९६ लाख २२ हजार रुपैयाँ बराबरको १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणरमा बिक्री खुला गरेको हो । जसमा ४७ करोड ९६ लाख ७० हजार रुपैयाँ बराबरको माग आवेदन परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले १५ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेको हो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारी तथा ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामुहिक लगानी कोषकहरुका लागि छ्ट्याइएको छ ।

कम्पनीको आईपीओमा यहि पुस २४ गतेदेखि २८ गतेसम्म आवेदन दिन पाइनेछ । ईच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अघिकतम १३ हजार ९६० कित्तासम्म आवेदन गर्न पाउनेछन् ।

१० कित्ते बाँडफाँड नीति भएकाले १० कित्ता मात्र शेयर आवेदन गर्नु उचित हुनेछ । कम्पनीको आईपीओमा मेरो शेयर एप, मेरो शेयर सफ्टवेयर तथा सिआश्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।