प्रि-ओपनिङ्गमा ३२ लाखको कारोबार, नेप्से २२ सय विन्दुको नयाँ उचाईमा

0
Shares

साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपनिङ्ग सेसनमा ३० कम्पनीको ३२ लाख बढीको शेयर किनबेच भएको छ । यसअवधिमा नेप्से ६.९० अंकले बढेर २२०१.३८अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ३० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १९ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ३० कम्पनीका ५ हजार ४५६ कित्ता शेयर ३२ लाख ३७ हजार ७८४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ पुस २०७७, आइतबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।