हिमालयन बैंकको नयाँ शाखा दोलखा चरिकोटमा, शाखा संख्या ७० पुग्यो

0
Shares

हिमालयन बैंकले दोलखाको चरिकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा पौष १९ गते देखि उक्त शाखाबाट ग्राहक अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराएको जनाएको छ ।

यस शाखाका साथै हाल बैंकको कुल शाखा संख्या ७० र विस्तारित काउन्टर संख्या ४ पुगेको छ भने एटीएम संख्या १४६ र ४ हजार २ सय भन्दा बढी पिओएस ट्रर्मिनल्स पुगेको बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।