चन्द्रागिरीको आईपीओ बिक्री बन्द हुँदै, साढे १० लाख बढीले गरे आवेदन

0
Shares

चन्द्रागिरी हिल्सले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन गर्ने आज अन्तिम दिन हो। कम्पनीले पुस २४ गतेदेखि सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीले कुल १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेकोमा ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरुका लागि सुरक्षित गरेको छ

कम्पनीको आइपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन्। चन्द्रागिरी हिल्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ।

इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले मध्यम स्तरको क्रेडिट जोखिम भन्ने बुझाउँछ।

कम्पनीको चुक्ता पूँजी आईपीओ बाँडफाँडपश्चात १ अर्ब ५३ करोड पुग्नेछ।

कम्पनीको आईपीओ बिक्री बन्द हुन एक दिन बाँकी रहँदा नै साढे १० लाख बढीले आवेदन गरेका छन् । गत शुक्रबारदेखि निष्काशन भएको आईपीओमा सोमबार साँझसम्म १० लाख ६३ हजार ८९३ वटा आवेदन परेको हो।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २ अर्ब १० करोड ५२ लाख ३२ ४४ हजार रुपैयाँ बराबरको २ करोड १० लाख ५२ हजार ३२० कित्ता शेयर माग भएको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ९६ हजार कित्ताको १५ गुणा बढी हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २८ पुस २०७७, मंगलबार  ०८ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।