चिलिमे जलविद्युतको लाभांश वितरण, तपाईंले पाउनुभयो ?

0
Shares

चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरी साधारण सभाबाट अनुमोदन गरेको नगद लाभांश शेयरधनीको बैंक खातामा वितरण गरेको छ ।

कम्पनीको पुस १२ गते सम्पन्न भएको चौबिसौँ वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने कर सहित) मध्ये नगद लाभांश वितरण गरेको हो । कम्पनीको बोनस शेयर भने नेप्सेमा सूचीकृत भएपछि मात्र लगानीकर्ताको डिम्याट खातामा आउनेछ ।

उक्त १० प्रतिशत नगद लाभांश साधारण सभाको लागि बुकक्लोजको अघिल्लो दिन (मंसिर २८ गते) सम्म शेयर अभौतिकिकरण गराएर हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा नेपाल क्लियरिङ्ग हाउसको आईपीएस मार्फत सोझै वितरण गरिएको कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले जनाएको छ ।

हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूलाई कम्पनीले निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।