बेमौसमी वर्षाले क्षति पुर्‍याएपछि झापामा धान उत्पादन घट्यो


झापा । बेमौसमी वर्षाले धानखेतीमा क्षति पुर्‍याएपछि जिल्लामा यो वर्र्ष उत्पादन घटेको छ । गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कार्यालयका प्रमुख सागर विष्टका अनुसार जिल्लामा यस वर्ष ३ लाख ५४ हजार ३५२ मेट्रिकटन धान उत्पादन भएको छ । गत असोज र कात्तिकको वर्षा कारण २३ हजार ५६४ मेट्रिकटन धान क्षति भएको उनले जानकारी दिए।

जिल्लामा ७२ हजार ७४३ हेक्टर क्षेत्रफलमा धानखेती गरिँदै आइएको केन्द्रले जनाएइको छ । धानको उत्पादकत्व प्रतिहेक्टर ५.१९ मेट्रिकटन रहेको प्रमुख विष्टले बताए। गत वर्ष ७५ हजार ४५९ हेक्टर जमिनमा धानखेती गरिएकामा ३ लाख ८२ हजार ८१२ मेट्रिकटन उत्पादन भएको थियो ।

प्रकाशित मिति: १८ मंसिर २०८२, बिहिबार  १३ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।