निर्जीवन बिमा कम्पनीहरुले सेयर बजारमा गरे ७ अर्ब बढी लगानी, ३ कम्पनीको लगानी शून्य


काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमास (साउन–असोज)सम्म सेयर बजारमा ७ अर्ब रुपैयाँभन्दा धेरै लगानी गरेका छन् । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर र अन्य संस्थागत सेयरमा गरेर ७ अर्ब ३ करोड ६ लाख ८९ हजार रुपैयाँ लगानी गरेका हुन् ।

चालु आर्थिक वर्षको ३ महिनामा निर्जीवन बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बीमा कम्पनीहरूले ४ अर्ब ४२ करोड १८ लाख रुपैयाँ लगानी गरेका छन् । यसैगरी, अन्य संस्थागत सेयरमा २ अर्ब ६० करोड ८८ लाख रुपैयाँ लगानी गरेका छन् ।

सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीले लगानी गरेको छ। यस कम्पनीले सूचीकृत सेयरमा ७९ करोड ४१ लाख ८८ हजार रुपैयाँ लगानी गरेको छ । यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ७१ करोड ९ लाख ६६ हजार रुपैयाँ लगानी गरेको छ।

यसैगरी, नेको इन्स्योरेन्सले ५४ करोड १७ लाख ९४ हजार रुपैयाँ लगानी गरेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । यस कम्पनीले ५० करोड ७६ लाख १२ हजार रुपैयाँ लगानी गरेको छ ।

यसैगरी, आइजीआई प्रुडुन्सियलले ४७ करोड ७६ लाख ८४ हजार रुपैयाँ, सानिमा जिआईसीले ३४ करोड ४४ लाख ११ हजार, हिमालयन एभरेष्टले २८ करोड १२ लाख ८७ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले २१ करोड ८८ लाख ४७ हजार, शिखर इन्स्योरेन्सले २१ हजार ४० लाख ४८ हजार रुपैयाँ र युनाइटेड अजोडले २० करोड ३० लाख ६४ हजार रुपैयाँ बराबरको सेयरमा लगानी गरेका छन्।
बिमा प्राधिकरणका अनुसार, प्रभु इन्स्योरेन्स कम्पनीले १२ करोड ७९ लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ ।

यता, दि ओरिएन्टल, नेशनल इन्स्योरेन्स र एनएलजी इस्योरेन्स कम्पनी रहेका छन् । यी कम्पनीको सूचीकृत कम्पनीको साधारण सेयरमा कुनै पनि लगानी गरेका छैनन् ।

यसैगरी, चालु आर्थिक वर्षको तीन महिनामा अन्य संस्थागत सेयर (संस्थापक)मा सबैभन्दा धेरै लगानी सगरमाथा लुम्बिनी कम्पनीले गरेको छ । यस कम्पनीले संस्थापक सेयरमा १ अर्ब २२ करोड ६ लाख २७ हजार रुपैयाँ लगानी गरेको छ । दोस्रो स्थानमा शिखर इन्स्योरेन्स रहेको छ, जसले ३१ करोड ४८ लाख ९० हजार रुपैयाँ लगानी गरेको छ।

त्यस्तै , हिमालयन एभरेष्ट इन्स्योरेन्सले २१ करोड २४ लाख १६ हजार, एनएलजीले १७ करोड ९२ लाख ४३ हजार, नेपाल इन्स्योरेन्सले १७ करोड ३४ लाख ७१ हजार र आइजीआई प्रुडुन्सियलले १७ करोड ४९ हजार रुपैयाँ बराबरको लगानी गरेका छन्।

यता, दि ओरिएन्टल इन्स्योरेन्सले ११ करोड ३९ लाख १२ हजार, नेशनल इन्स्योरेन्सले ९ करोड ८० लाख ८३ हजार, युनाइटेड अजोडले ९ करोड ३० लाख ८४ हजार र सिद्धार्थ प्रिमियरले ३ करोड ३० लाख ५३ लाख रुपैयाँ संस्थापक सेयरमा खरिद गरेका छन् । राष्ट्रिय बीमा कम्पनी, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र सानिमा जिआईसीले भने संस्थापक सेयरमा लगानी गरेका छैनन् ।

निर्जीवन बीमकको लगानी पौने ६५ अर्ब माथि

पहिलो ३ महिनाको अवधिमा निर्जिवन बीमा कम्नीहरुले पौन ६५ अर्ब रुपैयाँ बढी विभिन्न क्षेत्रमा लगानी गरेका छन्। निर्जीवन बीमकले विभिन्न क्षेत्रमा कुल ६४ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ लगानी गरेका हुन्। जसमा बैंक तथा वित्तीय संस्थाहरुको मुद्दति निक्षेपमा मात्रै निर्जीवन बीमकहरुले ४७ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ लगानी गरेका छन्।

कम्पनीहरुले असोज मसान्तसम्म क वर्गका बैंकहरुमा ४१ अर्ब ५६ करोड रुपैयाँ, ख वर्गका बैंकमा ४ अर्ब ८२ करोड ७५ लाख रुपैयाँ र ग वर्गका वित्तीय संस्थामा १ अर्ब ९ करोड ४८ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गरेका छन्।

यसैगरी सरकारी बचतपत्र तथा ऋणपत्रमा ८२ करोड २६ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको शेयरमा ५ अर्ब १६ करोड २ लाख रुपैयाँ, बैंक तथा वित्तीय संस्थाहरुको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा २ अर्ब ७७ करोड ७ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको बन्ड डिबेन्चर र ऋणपत्रमा २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँ, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा १४ करोड २१ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा २ अर्ब ८० करोड ९९ लाख रुपैयाँ र सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा १ करोड ४८ लाख रुपैयाँ लगानी गरेका छन्।

त्यस्तै निर्जीवन बीमकहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जालगायत वीकरणीय ऊर्जा परियोजना केबलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १ अर्ब २९ करोड ५२ लाख रुपैयाँ र अन्य क्षेत्रमा ८५ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन्।

कुन कम्पनीले गरे कति लगानी ?

चालु आवको पहिलो त्रैमासमा सिद्धार्थ प्रिमियरले विभिन्न क्षेत्रमा ७ अर्ब ६० करोड ३ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै सगरमाथा लुम्बिनीः ७ अर्ब १५ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ भने नेको इन्योरेन्सले ६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै, राष्ट्रिय बीमा कम्पनीले ५ अर्ब ७० करोड ७६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सः ५ अर्ब ६ करोड ३१ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सः ४ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ लगानी गरेको प्राधिकरणले जनाएको छ ।

यसैगरी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ८० करोड ४६ लाख रुपैयाँ लगानी गरेको छ भने नेपाल इन्स्योरेन्स कम्पनीः ४ अर्ब ७० करोड १५ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ८८ करोड १९ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ७४ करोड १२ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सले ३ अर्ब २६ करोड ३२ लाख रुपैयाँ लगानी गरेको छ ।

यता, ओरिएन्टल इन्स्योरेन्सले ३ अर्ब १३ करोड रुपैयाँ, नेसनल इन्स्योरेन्सले २ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले २ अर्ब ५४ करोड ७ लाख रुपैयाँ लगानी गरेको छ ।

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार  १२ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।