एनसीसी बैंक आफु भन्दा कमजोरसँग मर्जरमा नजाने, नबिल र प्रभुमै जोडबल

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्श बैंकले आफु भन्दा बलियो बैंकसँग मर्जर जाने निक्र्यौल गरेको छ । माघ ९ गते सम्पन्न बैंकको तेइसौँ वार्षिक साधारण सभाले मर्जर सम्बन्धीको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिएको छ ।

बैंकको साधारण सभामा मर्जरको एजेण्डाले माथि छलफल हुँदा सकभर आफु भन्दा बलियो बैंकसँगै मर्जरमा जाने पहल गर्न शेयरधनीहरको आवज रहेको छ । बैंक मर्जरमा जाने ऐजण्डाले प्राथमिकता पाएको भएपनि संस्था छनोटमा विषेश ध्यान दिइने बैंकका एक सञ्चालकले जानकारी दिए । “सकभर हामीभन्दा बलियो बैंकसँग मर्जरका लागि प्रयास गर्छौ नभए मिल्दोजुल्दो वा सोसरहको बैंक नै हाम्रो प्राथमिकतामा रहन्छ,” बैंकका एक सञ्चालकले भने,“ कमजोर बैंकमा हामी जाँदैनौ ।”

अहिले बजारमा एनसीसी बैंकसँग नबिल बैंक र प्रभु बैंकको नाम चर्चामा रहेको छ । एनसीसी बैंकले प्रभू बैंकसँग गाभिन विभिन्न चरणका छलफल समेत गरिसकेको थियो । तर, प्रभु बैंकले अन्य बैंकहरुसँग पनि समान्तर रुपमा मर्जरको कुरा चलाइरहेको हुँदा कुनै औपचारिक निर्णय हुन सकेको छैन् । प्रभु बैंक र एनसीसी बैंकबीच शेयर स्वापको वार्गेनिङ लामोसमय चले पनि निर्णय हुन सकेन् । प्रभु बैंकले भने एनसीसी बैंकलाई प्रति शेयर ९० रुपैयाँसम्म दिन तयार भएपनि एनसीसी बैंकले एक बराबर एक नभए कम्तिमा पनि ९५ रुपैयाँ पाउनुपर्ने माग गर्दे आएको थियो ।

पछिल्लो चरणमा नबिल बैंकसँग पनि मर्जरका लागि अनौपचारिक छलफल सुरु भएपछि प्रभु संगको कुरा तत्कालका लागि रोकिएको छ । एनसीसी नबिल बैंकसँग मर्जरमा जाने सन्दर्भमा हालसम्म पनि औपचारिक छलफल भने भएको छैन । साधारण सभा सकिएपछि नबिलसँग मर्जरको कुराकानीलाइ औपचारिक रुपम अघि बढाउने र कुरामिलेको खण्डमा मर्जरमा जान सकिने एनसीसीका एक संचालकले नोटबजारलाई बताए । अनौपचारीक छटलफलका आधारमा नबिलसँग एनसीसीले ४० रुपैयाँ मागिरहेको र नबिल ३० रुपैयाँ दिन तयार रहेको जानकारी बाहिर आइसकेको अवस्था छ । दुबै बैंकका अधिकारीहरुबीच मर्जरका बिषयमा अनौपचारिक छलफलहरु भने भइरहेका छन् ।

दुवै बैंकको साधारण सभा सकिएको र नबिल बैंकले पनि आफ्नो साधरणसभामा पहिलो पटक मर्जरको एजेण्डा राखेकाले एनसीसीप्रति नबिल सकारात्मक देखिएको बुझिएको छ । यसबीचमा नबिलले सिद्धार्थ र मेगा बैंकसँग पनि कुराकानी अगाडि बढाएको छ । तर नबिलले एनसीसी बैंकमा तुलनात्मक रुपमा वढी चासो देखाएको छ ।

एनसीसी बैंकका एक सञ्चालकका अनुसार साधारण सभा सकिए लगत्तै नबिल बैंकसँग मर्जरका लागि औपचारिक रुपमा पनि छलफल हुनेछ । अहिलेसम्म भएका अनौपचारिक छलफलहरुले मर्जरका लागि आधार तयार भएको ति संचालकले दाबी गरे ।

एनसीसी बैंकको केन्द्रिय कार्यालय, बागबजारमा अनलाइन भर्चुअल माध्यमबाट सम्पन्न साधारण सभाले हाल कायम चुक्ता पूँजीको १०.२६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २१ गते एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार पुस २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।