एक्चुअरिअल साइन्समा नयाँ भर्ना खुल्यो, फागुन २ गतेसम्म आवेदन दिन सकिने

0
Shares

त्रिभुवन विश्वविधालय अन्तर्गत एक्चुअरियल साइन्स विषयमा नयाँ भर्ना खुलेको छ ।

त्रिभुवन विश्वविधालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत सेमेष्टर प्रणाली अनुसार पठनपाठन हुने चार वर्षे स्नातक तहको एक्चुअरियल साइन्स विषयमा नयाँ भर्ना खुलेको हो ।

कक्षा १२ वा सो सरहको परीक्षामा १०० पूर्णाङ्कको म्याथम्याटिक्स वा विजनेश म्याथम्याटिक्स विषय लिएर जुनसुकै संकाय (विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र) बाट कम्तिमा द्धितिय श्रेणी वा हरेक विषयमा सि ग्रेडको साथ जिपिए २ वा सो भन्दा बढी प्राप्त गरेका जो कोहीले आवेदन दिनसक्ने गणित विज्ञान स्कुलले जानकारी दिएको छ ।

स्कुलले तोकेको योग्यता पुगेका विधार्थीले माघ १२ गतेदेखि फागुन २ गतेसम्म गणित विज्ञान स्कुल, बल्खुमा फाराम बुझाउन सक्ने छन् ।

लिखित परीक्षा फागुन ४ गते बिहान ८ बजेदेखि ९ः४५ बजेसम्म हुने गणित विज्ञान स्कुल, बल्खुमा हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।