रिहा भए प्रभु बैंकका सीईओ अशोक शेरचन


काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका छन्। सरकारी वकिलको कार्यालयले उनलाई हिराशत मुक्त गर्ने निर्णय गरेको हो ।

सीईओसहितका सम्पूर्ण कर्मचारी रिहा भएका केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन र कुसुम लामाबीचको आर्थिक लेनदेनसम्बन्धी विवाद गहिरिँदै जाँदा त्यसको प्रभाव प्रभु बैंकसम्म पुगेको थियो। विवादसँग जोडिएका विषयहरू बाहिर आउन थालेसँगै बैंक स्वयं र यसको प्रमुख कार्यकारी अधिकृत शेरचनसमेत छानबिनको घेरामा परेका हुन् ।

सिआईबिले उनलाई गत मंसिर १४ गते पक्राउ परेको थियो। अब उनीहरुलाई बाहिर राखेर अनुसन्धान हुनेछ ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार  १६ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।