महासंघले बैंकिङ, कर राजस्व, श्रम लगायतका समस्या सम्बोधन गर्न सेवा इकाई स्थापना गर्ने

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले बैंकिङ, कर राजस्व, श्रम लगायतका समस्या सम्बोधन गर्न सेवा इकाई स्थापना गर्ने भएको छ । महासंघको बैंक, वित्तीय तथा बीमा समिति विस्तार गर्दै अध्यक्ष शेखर गोल्छाले स्रोत साधन सम्पन्न यस्ता इकाईहरुबाटै व्यवसायीका समस्या सम्बोधन गरिने समेत जानकारी दिए ।

महासंघले छिट्टै नै बैकिङ, कर राजस्व, श्रम लगायतका समस्याहरूलाई संवोधन गर्न महासंघभित्र दीर्घकालिन प्रकृतिको सदस्य सेवा इकाई स्थापना गर्ने तयारीमा रहेको उनको भनाई छ । महासंघको बैंक, बित्तिय तथा बीमा समिति विस्तार गर्दै उनले भने, इकाई साधन स्रोत सम्पन्न हुने र समस्याहरूलाई सोही इकाई मार्फतनै समाधान गरि उद्यमी व्यवसायीहरूलाई राहत दिने हाम्रो लक्ष्य छ, अध्यक्ष गोल्छाले भने-यसमा हामी छिट्टै “मुभ” हुन्छौं ।

उनले बैंक तथा वित्तिय निकायहरू बलिया र सक्षम भएमात्र मुलुकभित्र उद्योग व्यसाय फस्टाउने कुरा निर्विवाद भएको बताए । बैंक तथा वित्तिय निकायहरू बलिया र सक्षम भए मात्र मुलुकभित्र उद्योग व्यसाय फस्टाउने कुरा निर्विवाद छ, हामीले हाम्रा सुझावहरू तयार गर्दा दुवै पक्षलाई लाभ हुने किसिमले बनाउनुपर्ने सुझाव दिए।

अध्यक्ष गोल्छाले नेपालमा विमा व्यवसाय तुलानात्मक रूपमा महंगो भएकाले यसलाई प्रतिस्पर्धी बनाउनु पर्ने पनि बताए । बीमा व्यवसाय हेर्ने नियामक निकायसंग बसेर यस विषयमा छलफल आवश्यक रहेको पनि उनको जोड थियो । समितिले आफना कार्यहरू गर्दा यी सबै इस्यूहरूमा विशेष ध्यान दिनुपर्ने सुझाव गोल्छाको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले यदाकदा उद्योग व्यवसाय र बैकिङ क्षेत्र बीच तनावको अवस्था समेत आउने गरेका विगतका यथार्थता हामी सवैका सामुन्ने रहेकाले समितिले अत्यन्त सोच बिचार र अध्ययन गरी सुझाव तयार गर्नुपर्ने र समितिले दिने सुझावबाट मुलुकभित्र वित्तिय र उद्योग व्यसाय दुवै क्षेत्र फस्टाउने वातावरण बन्नुपर्नेमा जोड दिए ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र रामचन्द्र संघईले समितिलाई शुभकामना दिनुहुँदै समितिले तयार गर्ने सुझावहरू साना ठूला सवै प्रकारका उद्योग व्यवसायलाई समेत अध्ययन गरी दिन सके त्यो बढी फलदायी हुने बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।