बैंकिङ्ग, विकास बैंक तथा म्युचुअल फण्ड समुहमा सामान्य सुधार आएपनि समग्र बजारमा भने करेक्शन आएको छ । साताको अन्तिम दिन बिहीबारको शेयर बजार १६ अंक बढीले ओरालो लागेको छ ।

बिहीबार नेप्से १६.११ अंकले घटेर २५२६.९२ विन्दुमा पुगेको छ । यसदिन २०६ कम्पनीका १ करोड ६० लाख कित्ता शेयर ८ अर्ब ४१ करोड रुपैयाँ बराबरमा किनबेच भएको छन् । कारोबार रकम अघिल्लो दिनको तुलनामा ७७ करोडले बढेको हो। बुधबार ७ अर्ब ६४ करोड बराबरको शेयर कारोबार भएको थियो ।
बजार उच्च विन्दुमा पुग्दा नाफा बुक गर्नेहरुले शेयर बिक्रीमा जोड दिएका छन् । भने कतिपय लगानीकर्ताहरुले पोर्टफोलियो परिर्वतनमा लागेका छन् । यसले गर्दा पछिल्लो केहिदिन यताको कारोबारमा समुहगत सूचकमा उतारचढाब आइरहेको छ।
पछिल्लो समयमा बैंकिङ्ग समूहतर्फ लगानीकर्ताको ध्यान तानिएपनि आशा अनुरुप चलायमान हुन सकेको छैन् । बजार बाट बाहिरीएका लगानीकर्ताहरु बजार करेक्शनको पर्खाइमा रहेका छन् । बजार करेक्शन हुँदै अघि बढ्दै गरेको अस्वस्था रहेकाले पनि तत्काल बजारमा ठूलो गिरावट नआउने विश्लेषकहरुको अनुमान छ ।
आज कारोबारमा आएका १२ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने अन्य सबैको घटेको छ । बैंकिङ्ग, विकास बैंक तथा म्युचुअल फण्ड सकारात्मक रहँदा बाँकी सबै समुह नकारात्मक रहे । लघुवित्त र होटल समुहको शेयर धेरै घट्यो ।
बिहीबारको कारोबारमा डिप्रोक्स लघुवित्तको सबैभन्दा धेरै ५६ करोड बढीको शेयर किनबेच भयो । दोस्रोमा नबिल बैंकको ३८ करोड बढीको शेयर किनबेच भएको छ।
यसदिन चन्द्रागिरी हिल्स, लुम्बिनी विकास, ज्योति विकास, अरुण काबेली लगायतको शेयर मूल्य उच्चदरले बढेको छ । सबैभन्दा धेरै सर्पोट माइक्रोफाइनान्स र डिप्रोक्स लघुवित्तको सबैभन्दा धेरै मूल्य घटेको छ । यी दुवै कम्पनीको शेयर मूल्य सर्किट लेभलमा घटेको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया