काठमाडौँ । बुधबार सुनको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १३ रुपैयाँले बढेको सुनको भाउ बुधबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन मंगलबार कायम भएको मूल्यलाई निरन्तरता दिएको हो ।
यता, बुधबार चाँदी तोलामा १३० रुपैयाँले बढेसँगै प्रतितोला ५ हजार ७१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ५८५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ५ हजार १९०.५१ अमेरिकी डलर र चाँदी ८९.६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया