काठमाडौँ । बुध्द एयरले आजदेखि नयाँ वेवसाईटको शुरुवात गरेको छ । वेवसाईटको फिचर आकर्षक एवं छरितो डिजाईनका साथै सजिलै टिकट बुकिङ गर्न सकिन्छ । केही क्लीकमै फ्लाईट स्टाटस, कार्गो ट्रेसिङ पनि गर्न सकिन्छ, साथै अन्य जानकारीहरु पनि सजिलै लिनसकिन्छ ।
बुध्द एयरले आम निर्वाचनका लागि घर जाने यात्रुहरुका लागि फागुन १५ गतेदेखि फागुन २० गतेसम्मका लागि आकर्षक प्रोमो कोड पनि जारी गरेको छ । वेवसाईटमार्फत उडान बुकिङ गर्दा FLYTOVOTE प्रोमो कोडा प्रयोग गरि थप ३०० रुपैयाँ डिस्काउण्ट लिन सकिन्छ । यो अफर हरेक दिन पहिला ३०० यात्रुहरुका लागि तय गरिएको छ ।












प्रतिक्रिया