सामसंगले ग्यालेक्सी एस२६ सिरिज सार्वजनिक गर्‍यो


सामसंगले आज नयाँ ग्यालेक्सी एस २६ सार्वजनिक गरेको घोषणा गरेको छ, जसले स्मार्टफोनमा नयाँ परिवर्तनको महत्वपूर्ण कदम प्रतिनिधित्व गर्दछ। नवीनतम ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित, ग्यालेक्सी एस२६ सिरिज प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा घुलमिल हुने गरी अझै सहज, व्यक्तिगत र बुद्धिमान मोबाइल अनुभव प्रदान गर्न डिजाइन गरिएको हो।

ग्यालेक्सी एस२६ सिरिज को मूलमा रहेको छ नयाँ पुस्ताको ग्यालेक्सी एआई, जसले अझ स्मार्ट अन्तरक्रिया, उन्नत उत्पादकता र सहज सिर्जनशीलता सम्भव बनाउँछ।

बुद्धिमान क्यामेरा क्षमतादेखि रियलटाइम सहयोगसम्म, साथै अनुकूलित प्रदर्शन र ऊर्जा दक्षतासम्म—यस उपकरणले प्रयोगकर्ताको बानीअनुसार आफूलाई ढाल्दै दैनिक कार्यहरूलाई अझ सरल र अर्थपूर्ण बनाउँछ।

यस अवसरमा प्रतिक्रिया दिँदै सामसङ डिभिजनका डाइरेक्टर, प्रणय रत्न स्थापितले भने ग्यालेक्सी एस२६ सिरिज मार्फत हामी यस्तो उपकरण प्रस्तुत गर्दैछौं, जसले आफ्ना प्रयोगकर्तालाई वास्तवमै बुझ्छ। ग्यालेक्सी एस२६ सिरिज ले स्वाभाविक र सहज अनुभव दिने बुद्धिमत्ता प्रदान गर्छ, जसले नेपाली उपभोक्तालाई दैनिक जीवन, सिर्जनशीलता र उत्पादकतालाई अझ उन्नत बनाउने नवप्रवर्तन अनु भव गर्न सक्षम बनाउँछ।”

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार  १२ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।