मर्जरसँगै रणनीतिक साझेदारको खोजीमा सिभिल बैंक, पारित भयो लाभांश

0
Shares

सिभिल बैंकको दशौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभाश पारित गर्नुका साथै मर्जरका लागि बाटो खुला गरेको छ ।

फागुन ९ गते आइतबार सम्पन्न बैंकको दशौं वार्षिक साधारणले सभाबाट आ।व २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशतका दरले बोनश शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले ६४ करोड २ लाख ७१ हजार रुपैयाँ बराबरको बोनश शेयर र करसहित ३ करोड ३६ लाख ९८ हजार नगद लाभांश वितरण गर्नेछ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख रुपैयाँ छ । बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख नाघ्नेछ ।

त्यस्तै साधारण सभाले सिभिल बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने तथा गाभिने सम्बन्धीको सम्पूर्ण कार्यगर्न संचालक समितिलाई अख्तियारी दिएको छ । साथै बैंकले स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्ने लगायतका अख्तियारी पनि संचालक समितिलाई प्रदान गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बैंकले माघ २३ गते शुक्रबार बुक क्लोज गरेको थियो । तसर्थ माघ २२ गते बिहीबार सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश पाउनेछन्।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।