म्युचुअल फण्ड र जलविद्युतमा चमक आउँदा पौने ९ अर्बको शेयर कारोबार

0
Shares

म्युचुअल फण्ड र जलविद्युत उप समुहमा उछाल आएको आइतबार बजारमा बैंकिङ्ग र बीमा ऋणात्मक भएपनि पौने ९ अर्बको शेयर कारोबार भएको छ ।

सेन्सेटिभ सूचक २.२० अंकले ऋणात्मक भएको बजारमा नेप्से सूचक भने ३.६६ अंकले बढेर २ हजार ६४० दशमलव ३४ बिन्दुमा पुगेको छ । आज २०७ कम्पनीका २ करोड ४३ लाख ५ हजार ६६ कित्ता शेयर ९३ हजार ३९ पटक खरीद बिक्री हुँदा ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार ९६७ रुपैयाँको शेयर खरीद बिक्री भएको छ ।

आज कारोबारमा आएका म्युचुअल फण्ड, जलविद्युत, अन्य, विकास बैंक, होटल, ब्यापार र उत्पादन उपसमुहमा हरियाली छाउँदा जीवन बीमामा सबैभन्दा धेरै १.९६ प्रतिशतको गिरावट आएको छ । लघुवित्त, निर्जीवन बीमा, बैंकिङ र वित्त ऋणात्मक रहे ।

  • नेपाल बैंकको सर्वाधिक कारोबार

आइतबारको बजारमा नेपाल बैंकको सबैभन्दा धेरै शेयर कारोबार भएको छ । बैंकको १३ लाख ६७ हजार कित्ता शेयर ६१ करोड ४२ लाख रुपैयाँमा खरीद बिक्री भएको हो ।

यसैगरी निफ्राको ५३ करोड ८३ लाख, ग्लोबल आईएमई बैंक र एनआईसी एशिया बैंकको पनि ३० करोड बढीको शेयर कारोबारमा आयो । शिखर इन्स्योरेन्स, नबिल बैंक, नेपाल लाइफ, सिभिल बैंक, अपर तामाकोशी र नागरिक लगानी कोषको पनि उच्च कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-02-21 15:00:00
NBL 614,262,366.00 460.00
NIFRA 538,381,623.00 600.00
GBIME 309,284,272.00 475.00
NICA 304,454,570.00 955.00
SICL 270,592,603.00 2,795.00
NABIL 245,230,600.00 1,355.00
NLIC 229,506,169.00 2,235.00
CBL 213,160,461.00 263.00
UPPER 208,735,761.00 539.00
CIT 183,867,712.00 4,799.00
  • सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक

आजको बजारमा सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । अपर तामाकोशी, शिवश्री हाइड्रोपावर, निफ्रा, नेपाल हाइड्रो डेभलोपर कम्पनी, चन्द्रागिरी हिल्स, समृद्धि फाइनान्स र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य करिब १० प्रतिशतले बढेर सर्किट लागेको हो ।

लिवर्टी इनर्जी र सानिमा इक्वीटी फण्डको इकाईमूल्य पनि ७ प्रतिशत धेरैले बढोत्तरी भएको छ ।

Symbol LTP Point Change % Change
As of 2021-02-21 15:00:00
UPPER 539.00 49.00 10.00
SSHL 187.00 17.00 10.00
NIFRA 600.00 54.00 9.89
NHDL 302.00 27.00 9.82
CGH 269.00 24.00 9.80
SFCL 236.00 21.00 9.77
NICBF 11.93 1.06 9.75
NMBHF1 11.79 0.92 8.46
LEC 266.00 20.00 8.13
SAEF 14.38 1.04 7.80
  • यी हुन् गुमाउने कम्पनी

आइतबारको बजारमा दश कम्पनीको शेयरमूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ । बेष्ट फाइनान्स, एभरेष्ट इन्स्योरेन्स संस्थापक, किसान लघुवित्त, सबैको लघुवित्त, समीट, फरवार्ड कम्युनिटी, लाइफ इन्स्योरेन्स कर्पोरेसन, लक्ष्मी लघुवित्त, सनराइज र लक्ष्मी बैंकको शेयरमूल्य चार प्रतिशतभन्दा कम तीन प्रतिशतभन्दा धेरैले घटेको हो ।

Symbol LTP Point Change % Change
As of 2021-02-21 15:00:00
BFC 172.00 -6.00 -3.37
EICPO 435.00 -15.00 -3.33
KLBSL 1,596.00 -54.00 -3.27
SABSL 1,421.00 -48.00 -3.27
SMFDB 1,285.00 -43.00 -3.24
FOWAD 2,575.00 -85.00 -3.20
LICN 2,426.00 -79.00 -3.15
LLBS 1,628.00 -53.00 -3.15
SRBL 338.00 -11.00 -3.15
LBL 310.00 -10.00 -3.13

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ फाल्गुन २०७७, आइतबार  १५ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।