एभरेष्ट बैंक र प्राइम लाइफ इन्स्योरेन्सको गरी कुल ५८ लाख १६ हजार ३५६ कित्ता बोनस शेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ ।
नेप्सेका अनुसार एभरेष्ट बैंक लिमिटेडको ४२ लाख ३५ हजार १०३ दशमलव ४२ कित्ता र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ लाख ८१ हजार २५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
एभरेष्ट बैंक (EBL) को पुस २७ गते सोमबार सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने ४२ करोड ३५ लाख १० हजार ३४१ रुपैयाँ बराबरको बोनस र बोनसमा लाग्ने करसहित ५.५३ प्रतिशतले हुन आउने ४६ करोड ८४ लाख २ हजार ४३८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो । बैंकले यसअघि नै नगद लाभांश वितरण गरिसकेको छ ।
वार्षिक साधारण सभा र लाभांश प्रयोजनका लागि बैंकले पुस १० गतेदेखि शेयर दाखिला खारेजी गरेकोले पुस ९ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेमन शेयरधनीहरुले मात्र बोनस पाउनेछन् ।
उता प्राइम लाइफ इन्स्योरेन्स (PLICL) को पनि पुस २७ गते सोमबार सम्पन्न तेह्रौ वार्षिक साधारण सभाले चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशतका दरले नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो ।
इन्स्योरेन्सले उक्त साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १७ गते शुक्रबार शेयर दाखिला खारेजी गरेकोले पुस १६ गत बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया