बैंक अफ काठमाण्डूको अगुवाइमा ५ वाणिज्य बैंकले अप्पर खुदीमा लगानी गर्ने

0
Shares

बैंक अफ काठमाण्डू लिमिटेड र सुपर खुदी जलविद्युत प्रा. लि. बिच अप्पर खुदी जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

२१.२१ मेगावाट क्षमता रहेका अप्पर खुदी जलविद्युत आयोजनाको अनुमानित लागत ४ अर्ब १९ करोड रहेको छ । सुपर खुदी जलविद्युत प्रा. लि. ले लमजुंग जिल्लाको मस्र्याङ्गदी गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरीरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाइमा रहेकोे उक्त सहवित्तियकरणको सदस्य बैंकहरुमा ग्लोबल आई.एम.ई. बैंक लि., सिभिल बैंक लि., मेगा बैंक नेपाल लि. तथा नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि. रहेका छन् ।

उक्त जलविद्युत आयोजनाको निर्माणका लागि कुल लागतको ७०% बैंकहरुको सहवित्तियकरण कर्जा र बाँकी ३०% उक्त कम्पनीको लगानी रहनेछ ।

आयोजना पुरा भएपछि उत्पादित विद्युत तादीकुना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

साथै यस सहवित्तियकरण कर्जा पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।