श्रम संस्कृति पार्टीले पनि खोल्यो खाता


काठमाडौं । श्रम संस्कृति पार्टीबाट खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएका छन् । यससँगै यो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको हो । उनी १६ हजार ६१२ मत ल्याएर विजयी भएका हुन् ।

नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन् । नेपाली कांग्रेस्का वीरकाजी राईले ११ हजार ९५७ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार  ०८ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।