बरुण हाइड्रोपावरको नाफा ६१ प्रतिशतले घट्यो

0
Shares

बरुण हाइड्रोपावर कम्पनी (BARUN) को खुद नाफा ६१ प्रतिशतले घटेको छ । बिद्युत बिक्रीबाट हुने आय घटेसँगै कम्पनीको नाफामा उच्च गिरावट आएको हो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा बरुणले ८७ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ६१.६२ प्रतिशत कम हो । गत आवको यसै अवधिमा कम्पनीले २ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आय ३ करोड ५८ लाख रुपैयाँमा संकुचित भएको छ । गत आवको यसै अवधिमा ५ करोड ३९ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेको कम्पनीको आम्दानी ३३.५३ प्रतिशतले घटेको हो ।

कम्पनीले प्रशासनिक खर्चलाई १५.५२ प्रतिशतले घटाएर २३ लाख ४५ हजार गरेपछि आम्दानीको मुख्य स्रोत विद्युत बिक्री आय घटेसँगै नाफा प्रभावित बनेको हो । यस्तै समीक्षा अवधिमा कम्पनीको फाइनान्सियल कस्ट पनि २१.५४ प्रतिशतले घटेर १ करोड १२ लाखमा झरेको छ ।

यसैगरी कम्पनीको जगेडा कोषमा ३ करोड २७ लाख रुपैयाँ १ करोड १५ लाख रुपैयाँ छ गत आवको पुस सम्ममा ३ करोड २७ लाख रुपैयाँ रहेकोमा ६४.६५ प्रतिशतले घटेको हो ।

चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६.५६ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ १०४.३३ रुपैयाँ रहेको कम्पनजीको मूल्य आम्दानी अनुपात ३०.३४ गुणा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।