केन्ट एयर प्युरिफायर सार्वजनिक – परिवारलाई शुद्ध हावाको उपहार


काठमाडौँ। सिजी इलेक्ट्रोनिक्स अन्तर्गत केन्ट ब्राण्डले अत्याधुनिक प्रविधियुक्त विभिन्न प्रकारका एयर प्युरिफायर नेपाली बजारमा सार्वजनिक गरेको छ। आधुनिक प्रविधिसहित तयार गरिएको यस एयर प्युरिफायरले घरभित्रको हावालाई शुद्ध, ताजा र सुरक्षित बनाउँदै परिवारको स्वास्थ्य संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ।

वायु प्रदूषण बढिरहेको वर्तमान अवस्थामा स्वच्छ हावा प्रत्येक परिवारका लागि अत्यन्त आवश्यक बन्दै गएको छ। केन्ट एयर प्युरिफायरले हेपा टेक्नोलोजी प्रयोग गरी हावामा रहेका धुलो, धुवाँ, एलर्जेन, सूक्ष्म कण तथा अन्य हानिकारक तत्वहरूलाई फिल्टर गरी स्वच्छ हावा प्रदान गर्ने कम्पनीको भनाइ छ।

यस एयर प्युरिफायरमा रियल टाइम एयर प्युरिटी मोनिटर रहेको छ, जसले कोठाभित्रको हावाको गुणस्तरलाई निरन्तर निगरानी गर्दछ। साथै, एयर क्वालिटी इन्डिकेटरले हावाको अवस्था स्पष्ट रूपमा देखाउने भएकाले प्रयोगकर्तालाई हावाको स्तर सजिलै बुझ्न मद्दत मिल्छ। यसमा समावेश इनबिल्ट आयोनाइजरले हावालाई अझ ताजा र स्वच्छ बनाउन सहयोग पुर्‍याउँछ।

आधुनिक डिजाइन र प्रभावकारी प्रविधिसहित तयार गरिएको केन्ट एयर प्युरिफायर घर तथा कार्यालय दुवै स्थानका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। यस उत्पादनमा बाह्र महिनाको वारेन्टी समेत उपलब्ध रहेको जानकारी दिइएको छ।

कम्पनीका अनुसार, “हामीले नेपाली परिवारलाई सुरक्षित र शुद्ध हावा उपलब्ध गराउने उद्देश्यले केन्ट एयर प्युरिफायर बजारमा ल्याएका हौँ। यो उत्पादनले परिवारका सबै सदस्यलाई स्वस्थ वातावरण प्रदान गर्ने विश्वास लिएका छौँ।”

अब केन्ट एयर प्युरिफायरमार्फत आफ्नो परिवारलाई दिनुहोस् हरेक दिन शुद्ध हावाको उपहार।

प्रकाशित मिति: २९ फाल्गुन २०८२, शुक्रबार  १६ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।