काठमाडौँ । मध्यपूर्व एसियामा बढ्दै गएको भू–राजनीतिक अस्थिरताका कारण विश्वव्यापी ऊर्जाको आपूर्ति शृङ्खला प्रभावित भइरहेको छ। यसको असर बिस्तारै नेपाली बजारमा पनि देखिन थालेको छ, जहाँ खाना पकाउने ग्यासको आपूर्तिमा अनिश्चितता र अभावको अवस्था सिर्जना हुँदै गएको छ। यही परिस्थितिलाई मध्यनजर गर्दै नेपालको अग्रणी ब्रान्ड सीजीका साना घरायसी उपकरणले अत्याधुनिक ८ वटा कुकटप मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ।
ग्यासमा रहेको परनिर्भरता घटाउँदै स्वदेशी जलविद्युतको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित कम्पनीले उच्च प्रविधि र सुरक्षासहितका यी उपकरण बजारमा ल्याएको जनाएको छ। उपभोक्ताको आवश्यकता तथा भान्सामा प्रयोग हुने भाँडाकुँडालाई ध्यानमा राख्दै सीजीले तीन प्रकारका ८ वटा फरक मोडल प्रस्तुत गरेको छ।
यसअन्तर्गत ५ वटा इन्डक्सन कुकटप मोडल तीव्र गतिमा खाना पकाउन र ऊर्जा बचतका लागि डिजाइन गरिएको छ। त्यसैगरी २ वटा इन्फ्रारेड कुकटप मोडलले जुनसुकै प्रकारका धातुका भाँडाहरू प्रयोग गर्न मिल्ने विशेषता राख्छ। स्टिल, आल्मुनियम, तामा, पित्तल वा माटोका भाँडाहरू समेत यसमा सहजै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। साथै, १ वटा हाइब्रिड कुकटप मोडलमा इन्डक्सन र इन्फ्रारेड दुवै प्रविधि एउटै उपकरणमा उपलब्ध गराइएको छ।
यी कुकटपहरूमा आधुनिक प्रविधिसहित विभिन्न सुरक्षा तथा सुविधा समेटिएका छन्। उपकरणको मुख्य भागमा उच्च गुणस्तरको आईजीबीटी प्रविधि प्रयोग गरिएको छ, जसले भोल्टेजको उतारचढावलाई सन्तुलनमा राख्दै उपकरणलाई दीर्घकालीन रूपमा टिकाउ बनाउँछ। त्यसैगरी बलियो र ताप प्रतिरोधी क्रिस्टल सिसा प्रयोग गरिएकोले भान्सालाई आकर्षक र प्रिमियम स्वरूप दिन्छ।
उपकरणमा सजिलो प्रयोगका लागि स्पर्श वा थिच्ने बटन प्रणालीसहितको डिजिटल नियन्त्रण प्यानल राखिएको छ। बालबालिकाको सुरक्षालाई ध्यानमा राख्दै बाल सुरक्षा लक प्रणाली पनि समावेश गरिएको छ, जसले आकस्मिक दुर्घटनाको जोखिम कम गर्ने कम्पनीले जनाएको छ।
सीजीले आफ्ना उत्पादनको गुणस्तरमा विश्वास गर्दै उपभोक्तालाई विशेष वारेन्टी सुविधा पनि प्रदान गरेको छ। सबै ८ वटै कुकटप मोडलमा १२ महिनाको पूर्ण वारेन्टी उपलब्ध हुनेछ भने कुकटपको सिसामा कुनै समस्या आएमा २ वर्षको विशेष वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ। नेपाली बजारमा सिसामा दिइने यस्तो वारेन्टीलाई उदाहरणीय सेवा मानिएको छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता विद्युतीय उपकरण बजारमा सक्रिय सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौँ नेपाली परिवारको विश्वास जित्दै आएको छ। कम्पनीका अनुसार देशभर रहेका २१ वटा आधुनिक प्रदर्शनी कक्ष र ४० वटा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा उपलब्ध गराइँदै आएको छ।
ग्राहकको सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट सिजी डिजिटल डट कम डट एनपी मार्फत अनलाइन खरिद सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ। यस सञ्जालमार्फत ग्राहकलाई छिटो, भरपर्दो तथा प्राविधिक रूपमा दक्ष सेवा उपलब्ध गराउँदै सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाइएको कम्पनीको दाबी छ।












प्रतिक्रिया