माउन्टेन ड्युको स्पाइक्स एसियामा ४ अवार्ड — नेपालका लागि ऐतिहासिक पहिलो सफलता


काठमाडौँ । माउन्टेन ड्यु नेपालको अभियानले एसिया–प्रशान्त क्षेत्रको सर्वाधिक प्रतिष्ठित रचनात्मक अवार्ड समारोह ‘स्पाइक्स एसियामा १ ग्रान्ड प्रिक्स, १ सिल्भर र २ ब्रोन्ज गरी कुल ४ वटा अवार्ड प्राप्त गरेको छ। विश्वकै एक प्रतिष्ठित रचनात्मक मञ्चमा नेपाली अभियानले हासिल गरेको यो एक ऐतिहासिक सफलता हो।

सगरमाथाभन्दा बाहिर रहेका नेपालको समृद्ध पर्वतारोहण विरासतलाई विश्वसामु चिनाउने उद्देश्यले सञ्चालन गरिएको यस अभियानले कम चर्चामा रहेका हिमालहरू र तिनमा लुकेका साहसका प्रेरणादायी कथाहरूलाई उजागर गरेको थियो। कथावाचन, डिजिटल संलग्नता तथा इमर्सिभ ब्रान्ड एक्सपिरियन्सको उत्कृष्ट संयोजनमार्फत नेपालको हिमाली पहिचानलाई साहसी र जीवन्त रूपमा प्रस्तुत गरेको थियो।

यस अभियानमा ‘लोकल एक्टिभेसन पार्टनर’ का रूपमा जोडिन पाएकोमा डिजिटल ईनले विशेष गौरव महसुस गरेको छ। नेपालमा यसको प्रभावकारी कार्यान्वयन तथा दर्शकहरूसँगको व्यापक संलग्नता सुनिश्चित गर्न डिजिटल ईनले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। अभियानको मूल मर्म जोगाइराख्न डिजिटल ईनले शेर्पा समुदायका दिग्गज व्यक्तित्वहरूसँग समन्वय गर्दै अभियानलाई थप प्रमाणिक र भावनात्मक रूपमा सशक्त बनाएको थियो।

प्रकाशित मिति: १ चैत्र २०८२, आइतबार  १७ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।