
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । शुक्रबार नेप्सेमा गणपति लघुवित्त वित्तीय संस्था र नेशनल माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर पश्चात मूल्य समायोजन भएको हो ।
नेप्सेमा गणपतिको १५ प्रतिशत बोनस शेयर पश्चात मूल्य समोजन भएको हो । शेयर मूल्य समायोजन पछि गणपतिको शेयरमूल्य प्रतिकित्ता १ हजार ५४२ रुपैयाँ तोकेको छ । फाइनान्सको बिहीबार १ हजार ७७३ रुपैयाँमा कोरोबार भएको थियो ।
यसैगरी नेप्सेले नेशनल माइक्रो फाइनान्सको २१ प्रतिशत बोनस शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य २ हजार ७४८ रुपैयाँ तोकेको छ । बैंकको बिहीबार प्रतिकित्ता ३ हजार ३२५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया