आइपीओ नतिजा हेर्नका लागि छुट्टै वेबसाइट, इडिआइएसको समय थपियो

0
Shares

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले प्राथमिक शेयर (आइपीओ) को नतिजा हेर्न नयाँ वेभपोर्टल सञ्चालन ल्याएको छ ।

संचारमाध्यमलाई आइपीओ निष्काशनमा रोक लगाएको सीडीएसले आइपीओ रिजल्ट डट सीडीएस डटकम डट एनपी स्लास ( https://iporesult.cdsc.com.np/ )  पोर्टल सञ्चालनमा ल्याएको हो।

आइपीओ निष्कासनको विवरण मात्र राखिने सो पोर्टल सुरक्षित र छरितो हुनुका साथै एकैपटक सबैले हेर्न सकिने उच्च क्षमताको रहेको सीडीएसको दाबी छ । उक्त पोर्टलबाट आइपीओ बाँडफाँडको नतिजा तुरुन्त हेर्न सकिने सीडीएससीको भनाई छ ।

शुक्रबार सार्वजनिक भएको महिला लघुवित्तको आइपीओको नतिजा हेर्न लगानीकर्ताहरुले ठूलो सकल झेल्नु परेको थियो । उक्त कम्पनीको आइपीओ नतिजा पनि यहि साइटमा उपलब्ध गराएको सीडिएससीले जनाएको छ ।

महिला लघुवित्तको आइपीओको नतिजा हेर्ने लगानीकर्ताहरुको चापका कारण शुक्रबार मेरो शेयरमा समस्या आएका कारणले इडिआइएस समेत प्रभावित भएको थियो । उक्त प्रभावित भएको दिन फागुन १३ गतेको कारोबारको राफसाफ फागुन १६ गतेसम्म गर्न सकिने व्यवस्था मिलाएको सीडिएससीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।