सस्तियो सुनको भाउ, एकैदिन ५४ सयले घट्दा प्रतितोला कति पुग्यो ?


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ सस्तिएको छ । आज एकैदिन सुन तोलामा ५ हजार ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १४० रुपैयाँले घटेसँगै प्रतितोला ५ हजार १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ८४६.८४ अमेरिकी डलर र चाँदी ७५.५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।