साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ३.६६ अंकले बढेको छ । यससँगै नेप्से सूचक २ हजार ५५७ दशमलव ७९ अंकमा पुगेको छ ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ३४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ । १६ कम्पनीको मूल्य स्थीर रहेको छ । ७ कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशतले बढेको छ ।
यस अवधिमा ३४ कम्पनीका २१ हजार २३ कित्ता शेयर २ करोड ८९ लाख १३ हजार ३१९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया