काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज एकै दिन सुन तोलामा १२ हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्यमा पनि गिरावट छ । आज चाँदी तोलामा ३५५ रुपैयाँले घटेसँगै प्रतितोला ४ हजार ५४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४९४.१ अमेरिकी डलर र चाँदी ६८.०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया