कारोबारको डेढ घण्टामा ४८ अंकले बढ्यो नेप्से


काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार कारोबार सुरु भएको डेढ घण्टामा नेप्से ४८ अंकले बढेको छ । आइतबार दिउँसो १२ः३० बजेसम्म नेप्से ४८.३८ अंकले बढेर २९२५.४२ अंकमा पुगेको छ । यो अवधिमा ३३४ कम्पनीका २ करोड ६३ लाख १५ हजार २३३ कित्ता सेयरहरू ९ अर्ब ८१ करोड १६ लाख ८५ हजार रुपैयाँमा किनबेच भएका छन् ।

सालपा विकास बैंक र सोलु हाइड्रोको सेयर मूल्यमा सकारात्मक सिर्कट लाग्दा होटेल फरेष्ट इनको सेयर मूल्य ९.९८ प्रतिशत र एनआईसी एसिया लघुवित्तको सेयर मूल्य ९.५१ प्रतिशतले बढेको छ ।

नेशनल हाइड्रोपावर ४४ करोड ६३ लाख २३ हजार रुपैयाँको कारोबार सहित कारोबार रकमको आधारमा अग्रस्थानमा रहेको छ । कुमारी बैंक ४२ करोड ३० लाख ७८ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार  १२ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।