काठमाडौँ । अर्थविद् केशव आचार्यको निधन भएको छ । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहेका आचार्यको सोमबार बिहान निधन भएको हो ।
उनलाई मस्तिष्क घात भएपछि गएको साता अस्पताल भर्ना गरिएको थियो । ७२ वर्षीय उनलाई चाबहिलस्थित मेडिकेयर अस्पतालबाट थप उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल लगिएको थियो । उपचारकाक्रममा अन्नपूर्ण न्युरो अस्पतालमा आचार्यको निधन भएको हो ।
आचार्यले नेपाल राष्ट्र बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) मा काम गरेका थिए । आचार्य अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार समेत भएका थिए ।












प्रतिक्रिया