सुनचाँदीको मूल्यमा पुनः गिरावट, प्रतितोला कतिमा झर्यो ?


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीबार घटेको सुनचाँदीको मूल्यमा आज पुनः गिरावट आएको हो । आज सुन तोलामा ४ हजार ६०० रुपैयाँ घट्दा चाँदी तोलामा १५० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ८१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार प्रतितोला ४ हजार ६७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ४४३.४३ अमेरिकी डलर र चाँदी ६९.६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार  १० : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।