काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतविरुद्ध चलेको पतञ्जलि प्रकरणको भ्रष्टाचार मुद्दामा बहस नोट पेश गर्न आदेश दिएको छ ।
विशेष अदालतका सदस्यहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दाका दुवै पक्षलाई बहस नोट पेश गर्न आदेश दिएको हो ।
अख्तियारले पतञ्जलि प्रकरणमा हदबन्दीभन्दा बढीको जग्गा बिक्री र सट्टापट्टा गर्न दिएर भ्रष्टाचार भएको आरोप लगाएको थियो । उक्त समयमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ अनि मुख्यसचिव माधवप्रसाद घिमिरेको भूमिकामाथि अख्तियारले प्रश्न उठाएको थियो ।












प्रतिक्रिया