काठमाडौँ । नेपाल आयाल निगमले बजारमा तत्काल पेट्रोलियम पदार्थको कुनै अभाव नहुने बताएको छ ।
पेट्रोलियम पदार्थको आयात नियमित रूपमा भइरहेको र केही दिनलाई धान्न सक्ने मौज्दात पनि रहेकोले तत्काल अभाव नहुने निगमका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले बताए ।
‘पहिले हाम्रो भण्डारण क्षमता ८० हजार केएल (किलोलिटर) मात्र थियो, जसले पेट्रोल ४–५ दिन र डिजेल ७ दिनलाई मात्र पुग्थ्यो । अहिले त्यो बढेर १० दिन पुगेको हो,’ भट्टले भने, ‘हामीले अमलेखगञ्जमा ५० लाख लिटर क्षमताका चार वटा नयाँ ट्यांकी थपेका छौं । त्यस्तै पोखरामा ८० लाख लिटरको ट्यांकी थपिएको छ ।’
उनका अनुसारका अनुसार अहिले पाँच वर्षका लागि गरिएको खरिद सम्झौता अनुसार दैनिक २० लाख लिटर पेट्रोल, ४५ लाख लिटर डिजेल र मासिक ४९ हजार ५ सय टन ग्यास आयात भइरहेको छ ।
उनले अनावश्यक हल्लाको पछि नलाग्न पनि आग्रह गरे । उनले भने, ‘यदि समस्या धेरै लम्बियो भने हामीले पनि यहाँ जोर–बिजोर प्रणाली, राइड सेयरिङ जस्ता विकल्प अपनाउनुपर्ने हुन सक्छ । तर अहिलेलाई कुनै समस्या छैन । आत्तिनु पर्दैन । ’












प्रतिक्रिया